सुवेदीद्वारा क्याम्बोडीयाको जिम्मेवारी सम्पन्न

282
  •  
  •  
  •  

surya_subedi-700x678काठमाडौं १९ माघ (ओएनएस) ; क्याम्बोडीयाका निम्ति संयुक्त राष्ट्रसंघका मानव अधिकार सम्बन्धी विशेष समाधिक्षेक प्राध्यापक सूर्य सुवेदीले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेका छन्।

आफ्नो कार्यकाल पूरा भएपछि एक वक्तव्य जारी गर्दै प्राध्यापक सुवेदीले व्यक्तिगत एवं व्यावसायिक रुपमा सन्तुष्ट भएको बताए।

क्याम्बोडीयाको भविष्यलाई लिएर आफु निकै आशावादी भएको उनले बताए।

तर क्याम्बोडीयाली सरकारमा रहेको स्वतन्त्र संस्थाहरुप्रतिको वितृष्णा तथा मानव अधिकारमा अघि बढ्न आवश्यक नियन्त्रण र सन्तुलनबारे उसले पुनर्विचार गर्नु पर्ने प्राध्यापक सुवेदीले उल्लेख गरे।

क्याम्बोडीया एक महत्वपूर्ण मोडमा आइपुगेको उनले बताए। “उदार प्रजातन्त्रको परिकल्पना तथा सन् १९९१ को पेरिस शान्ति सम्झौताले निर्धारण गरेका उद्देश्यहरु पूरा गर्न अझै थुप्रै बाँकी भएपनि मेरो कार्यकाल पूरा हुँर्दै गर्दा क्याम्बोडीयाले उक्त लक्ष्य भेट्टाउनेमा म पूर्ण विश्वस्त छु,” उनले भने।

उनले क्याम्बोडीयाली जनतालाई आगामी दिनमा थप सम्पन्न, सहनशील, एकताबद्ध एवं समतामूलक समाज निर्माणमा शुभकामना दिएका छन्।

प्राध्यापक सुवेदीलाई संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले सन् २००९ को मार्चमा क्याम्बोडीयाका निम्ति विशेष समाधिक्षेक नियुक्त गरेको थियो। उनी हाल यूकेस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकका रुपमा कार्यरत छन्।


  •  
  •  
  •