थापाको शोकमा शुक्रबार सार्वजनिक बिदा

163
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, ३ बैशाख(ओएनएस) : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले थापाको निधनमा राष्ट्रिय शोक मनाउनको लागि सार्वजनिक बिदा दिएको । साथै स्वदेश तथा विदेशका सबै कुटनीतिक नियाेगमा राष्ट्रिय झण्ड अाधा झुकाउने निर्णय गरेको छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता थापाको निधनमा शोक ब्यक्त गर्दै शुक्रबार राजनकीय सम्मानका साथ अन्त्यष्टि गर्न प्रस्ताव गरेको थियो ।

पटक–पटक गरि पाँच पटक प्रधानमन्त्री भएका थापा उपचारका  क्रममा निधन भएको हो । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय थापाको बुधबार राति १०:४४ मा निधन भएको हो ।


  •  
  •  
  •