थापाको निधनमा श्रद्धान्जली दिनेले के भने ?

294
  •  
  •  
  •  

काठमाडौ, ३ बैशाख(ओएनएस) : पूर्वप्रधानमन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा संविधानसभाका जेष्ठ सदस्य एवं  सूर्यबहादुर थापाको उपचारका  क्रममा निधन भएको छ । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय थापाको बुधबार राति १०:४४ मा निधन भएको हो । थापाको निधनपछि प्रधानमन्त्री सुशील कोइरालालगायतले श्रद्धान्जली दिने क्रम जारी छ । प्रधानमन्त्री सुशील काेइरालाले विज्ञप्ती जारी गर्दै श्रद्धान्जली दिएका छन् भने कतिपय नेताले समाजिक सञ्जालबाट ।

नेपालले राजनीतिक क्षेत्रले एक महत्वांकाक्षी, साहसी, दृढनिश्चयी,  परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता गुमायो ।           -प्रधानमन्त्री, सुशील कोइराला

नेपाली राजनीतिका अत्यन्तै परिचित र प्रतिष्ठित नेताका रुपमा उहाँ झन्डै छ दशक लामो अवधिसम्म मौलिक शैलीका साथ राजनीतिक रंगमञ्चमा सक्रिय हुनुुभयो । – केपी अाेली,  अध्यक्ष, नेकपा एमाले

वितेको ६ दशक यताको नेपाली राजनीतिका ऐतिहासिक साक्षी स्व। थापाको निधनबाट मुलुकले एकजना ईमान्दार र दुरदर्शी राजनितिज्ञलाई गुमाएको छ । – लोकमान सिंह कार्की प्रमुख आयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग,

उहाँको निधनसंगै नेपाली राजनीतिको एक युगको अन्त्य भएकोछ। उहाँको दुस्खद निधनमा देशले एक कुशल नेता गुमाएको छ भने मैले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु। – बाबुराम भट्टराई, वरिष्ठ नेता, एमाओवादी

उहाँको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति हुन गएको छ । – शेरबहादुर देउवा, वरिष्ठ नेता,  नेपाली कांग्रेस

वर्तमान अवस्थामा उहाँको निधन अपुरणिय राष्ट्रिय क्षति हो। नेपाली राजनीतिले एक अभिभावक गुमाएको छ। स्व। थापा कुशल प्रशासक, दूरदृष्टि भएका नेता तथा बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। – कमल थापा,  अध्यक्ष,  राप्रपा नेपाल

नेपाली राजनीतिका एक महत्वपूर्ण हस्ती सूर्य बहादुर थापाको आकस्मिक निधनमा दुख प्रकट गर्दछु र दिवंगत आत्माको चीर सान्तिको कामना गर्दछु । – रामशरण महत, अर्थमन्त्री

PM


  •  
  •  
  •