थापाको पार्थिव शरीर काठमाडौंमा : शोकमा डुब्यो थापा परिवार (फोटोफिचर)

264
  •  
  •  
  •  

काठमाडौ, ३ बैशाख(ओएनएस) : उपचारको क्रममा बुधबार राति भारतको राजधानी नयाँ दिल्लीमा निधन भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर बिहीबार साँझ नेपाल ल्याएको छ ।

शव भारतबाट विशेष विमानमा ल्याइएको होे । विमानस्थलमा श्रद्धान्जलि दिन राष्ट्रिय प्रजातन्त्र पार्टी र  दलका नेता, आफन्तजनको भीड लागेको थियो ।  शवलाई थापा निवास मालीगाउँमा लागिएपछि पनि  श्रद्धान्जलि व्यक्त गर्न राजनीतिज्ञ, सरकारी अधिकारी र आफन्तजनहरुको भीड लागेको थियो ।

अन्तिम श्रद्धान्जलिका लागि उनको शवलाई शुक्रबार दशरथ रंगशाला र पार्टी कार्यालय चावहिलमा राखिने छ । भोलि नै राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सथै स्वदेश तथा विदेशका सबै कुटनीतिक नियाेगमा राष्ट्रिय झण्ड अाधा झुकाइनेछ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता थापाको निधनमा शोक ब्यक्त गर्दै शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न प्रस्ताव गरेको थियो ।

पटक–पटक गरि पाँच पटक प्रधानमन्त्री भएका थापाको भारतको मेदान्त अस्पतालमा उपचारका  क्रममा निधन भएको हो । तस्विर : अोएनएस

suryabahadur thapa (1) suryabahadur thapa (2) suryabahadur thapa (4) suryabahadur thapa (6) suryabahadur thapa (7) suryabahadur thapa (8)


  •  
  •  
  •