पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

472
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, ३ वैशाख(ओएनएस) : संविधानसभाका जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको उपचारका  क्रममा निधन भएको छ । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय थापाको बुधबार राति १०:४४ मा निधन भएको हो ।

थापालाई गत चैत १६ गते उपचारका लागि दिल्ली लगिएको थियो । स्वास प्रस्वासमा समस्या भएपछि मेदान्त अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपाचार गरिएको र सोही क्रममा उनको मृत्यु भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए । शुक्रबार थापाको आन्द्राको शल्यक्रिया गरिएको थियो ।

चिकित्सकहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो ।

चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थापा ५ पटकसम्म प्रधानमन्त्री भएका थिए । धनकुटाको मुगामा जन्मिएका थापा २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।

surya bahadur thapa


  •  
  •  
  •