पशुपतिमा अस्ताए सूर्य (फोटोफिचर)

814
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  :  बुधबार निधन भएका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ पशुपति आर्याघाटमा अन्येष्टि गरिएको छ ।

पशुपति आर्याघाटमा स्वर्गिय थापाप्रति श्रद्धान्जली अर्पण गर्न नेता, कार्यकर्ता, परिवार र शुभचिन्तकको भीड लागेको थियो । आर्याघाटमा थापालाई श्रद्धान्जली दिन सभाध्यक्ष सुवास नेम्बाङ, गृहमन्त्री बामदेव गौतम, एमाले नेता माधवकुमार नेपाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर जबरा लागयताका नेताको उपस्थिति थियो ।

त्यसअघि प्रधानमन्त्री सुशील कोइरालले दशरथ रंगशालामा थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए । थापाको पार्थिव शरीरलाई दिउँसो २ बजे दशरथ रंगशालाबाट सुन्धारा, बागबजार, कमलादी, कमल पोखरी, रातोपुल, गौशालाको बाटो हुँदै पशुपति आर्यघाट पुर्याएको थियो ।

थापाको पार्थिव शरीरलाई विहान थापानिवास मालीगाँउमा राखिएको थियो भने पार्टी कार्यालय चाबहिलमा दिउँसो १२ बजेसम्मा राखिएको थियो । १ बजेपछि दशरथ रंगशालामा थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

Surya Bahadur Thapa (1) Surya Bahadur Thapa (2) Surya Bahadur Thapa (3) Surya Bahadur Thapa (4) Surya Bahadur Thapa (5) Surya Bahadur Thapa (6) Surya Bahadur Thapa (7) Surya Bahadur Thapa (8) Surya Bahadur Thapa (9) Surya Bahadur Thapa (10) Surya Bahadur Thapa (11) Surya Bahadur Thapa (12) Surya Bahadur Thapa (13) Surya Bahadur Thapa (14)


  •  
  •  
  •