सूर्यबहादुर थापा : तीन राजाका शासनकालका प्रधानमन्त्री

242
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, ३ बैशाख(ओएनएस) :  संविधानसभाका जेष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको उपचारका  क्रममा निधन भएको छ । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय थापाको बुधबार राति १०:४४ मा निधन भएको हो ।

थापा धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन्। यिनी  पटक पटक गरी ५ पटक प्रधानमन्त्री भएका थिए। उनी राजा महेन्द्र, राजा बीरेन्द्रराजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकालमा प्रधानमन्त्री भएका थिए।

धनकुटा जिल्लाको मुगा गा.बि.स.मा विसं १९८४ चैतमा जन्मेका थापा हाल काठमाडौंको मालीगाउँमा बस्दै अाएका थिए।  राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकीकरणपछि थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थिए । त्यसअघि थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष थिए ।

 २०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठीत सल्लाहकार सभामा सूर्यबहादुर थापा अध्यक्ष भएका थिए। २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि यिनी मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए ।

पञ्चायतको पहिलो प्रधानमन्त्री (भनिने) यिनै बनेका थिए। राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे। २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए।

२०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सकेनन्। राष्ट्रिय पञ्चायतमा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उनी पराजित भए ।

 प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भएका थिए। छर-छिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिन्थे ।

???????????????????????????????
पशुपति शम्शेर राणासँग सूर्यबहादुर थापा

दिल्लीमा निधन 

थापाको बि.स. २०७२ वैशाख २ गते राति निधन भयो । ८८ वर्षको उमेरमा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको थियो। क्यान्सर पिडित उनको उपचारको क्रममा निधन भएको हो। दिल्लीसंग खास सम्वन्ध रहेका मानिएका थापाले अन्तिम श्वास पनि दिल्लीमा फेरेका थिए ।

सूर्यबहादुर थापा
प्रधानमन्त्री
कार्यकाल
२०२२ – २०२६
शासक : राजा महेन्द्र

प्रधानमन्त्री
कार्यकाल
२०३५ – २०३८
शासक : राजा बीरेन्द्र

प्रधानमन्त्री
कार्यकाल
२०३८ – २०४०
शासक : राजा बीरेन्द्र

प्रधानमन्त्री
कार्यकाल
२०५४ – २०५५
शासक : राजा बीरेन्द्र

प्रधानमन्त्री
कार्यकाल
२०६९ – २०६०
शासक : राजा ज्ञानेन्द्र

  •  
  •  
  •