सर्वेक्षण भन्छ,‘कोरोनाको जटिल अवस्था सामान्य नभएसम्म लकडाउन गरेकै राम्रो’

109
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९)को जटिल अवस्था सामान्य नभएसम्म लकडाउन गरेकै राम्रो हुने नागरिकहरुले बताएका छन् ।

शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् ।

शेयरकास्ट इनिसियटिभ नेपालका लागि मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६८.२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गरेकै राम्रो हुने बताएका हुन्। त्यस्तै ५.९ प्रतिशतले भने अझै एक हप्ता लकडाउनको अवधि बढाउँदा राम्रो हुने बताएका छन्।

सरकारले दोस्रो पटक लकडाउनको अवधि बढाउँदै वैशाख ३ सम्म पुऱ्याएको छ। त्यस्तै सर्वेक्षणमा अझै २ हप्ता लकडाउन गर्नुपर्छ भन्नेहरु ५.९ प्रतिशत रहेका छन् भने ३ हप्ता र ४ हप्त गर्नुपर्छ भन्नेको संख्या क्रमशः १।७ प्रतिशत र १.६ प्रतिशत रहेको छ।

त्यस्तै केहीले भने सरकारले लकडाउनको विकल्प सोच्नुपर्ने बताएका छन्।

हेर्नुहोस्


  •  
  •  
  •