भेरी बवई डाइभर्सनको सुरुङ निर्माणको काम सकियो

388
  •  
  •  
  •  

सुर्खेत, ३ चैत(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको भेरी बवई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ गरेका छन् ।

ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको छ ।

भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ वर्ष पहिल्यै सकिएको हो ।

यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख सञ्जिव बरालले बताएका छन् ।

भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्याउने आयोजनाको लक्ष्य राखिएको छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिने जनाइएको छ ।


  •  
  •  
  •