सुर्खेत, ५ भदौं (ओएनएस) : गत विहीबार रातिको बाढी पहिरोमा परी सुर्खेतमा वेपत्ता भएका ९५ जनाको स्थिति अझै अज्ञात रहेको छ । हालसम्म सुर्खेतमा ३४ जनाको शव फेला परेका छन् भने अरु हराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता योगेन्द्रबहादुर हमालले वेपत्ताहरुको खोजी भैरहेको जानकारी दिए । तर, मृतक तथा बेपत्ताका आफन्तजनहरुले भने प्रशासनले खोजी कार्यमा लापरबाही गरेको गुनासो गरेका छन् ।
यसैबिच नेपाली कांग्रेसका सहमहामन्त्री पूर्ण वहादुर खड्का सहितको एक टोलीले बुधबार सुर्खेत उपत्यकाका वाढि पीडतहरुसँग भेटघाट एवं अवलोकन गरेको छ । बीरेन्द्रनगरमा केहीदिनदेखी अबरुद्ध विद्युत, खानेपानी र सडक पुन सुचारु भएका छन् । बिहीबार रातीको अबिरल बर्षाका कारण अबरुद्ध विद्युत हिजोराती ८ बजेदेखी सुचारु भएको छ । त्यस्तै खानेपानी केही ठाउमा आउन थालेको छ भने सुर्खेत नेपालगन्ज, तथा सुर्खेत दैलेखका लागि सवारी साधनहरु पनी सञ्चालनमा आएका छन् ।