सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन

110
  •  
  •  
  •  


काठमाडौं । कोरोना भाइरस संक्रमणको नक्कली रिपोर्ट दिएको आरोप लागेको सिनामंगलस्थित सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टको बारेमा हाल अनुसन्धान जारी रहेको भन्दै सञ्चालन अनुमति निलम्बन गरेको बताएको छ। अर्को सूचना नआएसम्म अब सुरियामा परीक्षण नगराउनसमेत प्रयोगशालाले आग्रह गरेको छ।

यसअघि महानगरीय प्रहरीले मंगलबार सुरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो।

सो हेल्थकेयरले स्वाब नै नलिई महँगो मूल्यमा नेगेटिभ रिपोर्ट नक्कली दिने गरेको प्रहरीले जनाएको छ। यस्तै, सरियामा कोरोना परीक्षण गराइ विदेश जान लागेका एक सयभन्दा बढी व्यक्तिलाई रोक लगाइएको थियो।


  •  
  •  
  •