उद्योगी सुरेश केडिया बाराबाट अपहरित

251
  •  
  •  
  •  

काठमाडौं १४ जेठ ।
केडिया अर्गनाइजेशनका एकजना सदस्य सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन् । बाराको बरियारपुरबाट फर्किने क्रममा पसाहा पुलमा उनी चढेको गाडीलाई अपहरणकारीले रोकी चालकलाई गोली हानेर उनको अपहरण गरेको हो । घट्नास्थल कलैया-महागढीमाई सडक खण्डको बघवन कलैया नगरपालिकामा पर्छ ।

वीरगन्ज ७ का ५६ वर्षीय केडियालाई भारतीय बोलेरो गाडीमा रहेका हतियारधारी समुहले अपहरण गरेको अपहरित सुरेशका भाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले जानकारी दिए ।

सुरेश सदभावना पार्टीका सांसद विमल केडियाका दाई हुन् । बागमती अञ्चलको बा १० च ७२४० नम्बरको टेक्सन कारमा बरियारपुरबाट कलैया हुँदै वीरगन्ज जाने क्रममा उनको गाडी चलाएका पर्सा विन्देवासिनी २ का श्याम साह कानुलाई कन्चटमा गोली हानेर सुरेशलाई भारतीय गाडीमा अपहरण गरी लगिएको हो ।

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । घाइते चालकलाई कलैया अस्पतालबाट थप उपचारको लागि प्रहरीको निगरानीमा वीरगन्ज लगिएको छ । प्रहरीका अनुसार व्यापारी केडियालाई अपहरण गरी भारतीयसहित अपहरणकारीको समुह बघवनबाट बरियारपुर हुँदै सीमावर्ती कवही तर्फ भागेको हो ।

उनी वीरगन्जमा खाद्य उद्योग सञ्चालन गरेका छन् । त्यसैका लागि खाद्यान्न किन्न गाउँ तर्फ गएका थिए । कन्चटमा गाेली लागेर गम्भीर घाइते भएका चालक श्याम कानुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको छ ।   कान्तिपुरबाट


  •  
  •  
  •