लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी पनि अर्थमन्त्रीलाई

186
  •  
  •  
  •  

gyanendra-karki1

काठमाडौँ, २० साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी पनि तोकेका छन् ।

देउवाले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था रहेको छ ।


  •  
  •  
  •