संशोधन प्रस्ताव पारित नभए प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ : माओवादी नेता जैसवाल

363
  •  
  •  
  •  

काठमाडौँ, २५ मंसिर  (ओएनएस): सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका नेता सुरेन्द्र जैसवालले संशोधन प्रस्ताव २ तिहाईले पारित हुने ठोकुवा गरेका छन् ।

शनिबार राजधानीमा आयोेजित एक कार्यक्रममा नेता जैसवालले भने ,‘यो प्रस्ताव जनताको हितमा भएकोले २ तिहाईले पारित हुन्छ, यसमा कुनै दुई मत छैन ।’

उनले मधेशी जनताहरुले गरेको आन्दोलन नदेख्ने तर, अहिलेको प्रस्तावको विरुद्धमा भएको आन्दोलनलाई मात्रै आन्दोलन देख्ने प्रवृत्ति नै गलत भएको तर्क गरे ।

प्रस्ताव पारित नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको आधारमा राजीनामा दिने उनले ठोकुवा गरे । ‘प्रचण्डलाई पदको कुनै लोभ छैन, मोह छैन, उहाँलाई कुर्सीको मोह छैन भन्ने कुरा दुनियाँलाई थाहा छ,’ उनले भने ।

नेता जैसवालले देशलाई निकास दिनको लागि पनि यो प्रस्ताव पारित गराउन सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।


  •  
  •  
  •