भीआईपीका गार्डलाई खतरा

57
  •  
  •  
  •  

काठमाडौं ८ माघ ।  पदीय हैसियत अथवा स भावित खतराका आधारमा सुरक्षाकर्मीले गार्ड गरेका व्यक्तिहरूले संयम र न्यूनतम मर्यादा नअपनाउँदा उनीहरूका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू नै उच्च जोखिममा पर्न थालेका छन्।

यसको ज्वलन्त उदाहरण मंगलबार त्यसबेला देखियो जब दुई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराई निषेधित क्षेत्रमा भइरहेको विरोध प्रदर्शन कार्यक्रममा समर्थकहरूबीच पुगे, बिजुलीबजारमा।

शान्तिसुरक्षा कायम रा न निषेधित क्षेत्रमा उनीहरूमाथि त्यहाँ खटिएका सुरक्षाकर्मीद्वारा बल प्रयोग गरिएको अवस्थामा उनीहरूका निजी सुरक्षा गार्डको दायित्व के हुन आउँछ? उनीहरूमाथि बल प्रयोग गर्ने, सरकारी सुरक्षाकर्मीसँग भिड्ने या उनीहरूप्रति सहयोगात्मक रबैया राख्‍ने?

कार्यकर्ताको भीडबाट ढुंगा खाएका एमाओवादी अध्यक्षले मंगलबार उक्त क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई पूरै बेवास्ता गरेका थिए। उनले सुरक्षा चुनौतीबारे परामर्श गर्न आवश्यकस म ठानेनन्।

उक्त क्षेत्रमा खटिएका एक प्रहरी उच्च अधिकृतले अन्नपूर्णसँग भने, ‘आफ्नै कार्यकर्तालाई सम्बोधन गर्न आएका दाहालमाथि आक्रमण हुने अनुमानसम्म गर्ने ठाउँ थिएन, मास साइकोलोजी बुझ्न सकिएन।’
कानुन मिच्‍दा सुरक्षा गार्डले आफ्‍नै भीआइपीमाथि बल प्रयोग गर्ने, सरकारी सुरक्षाकर्मीसँग भिड्‍ने या उनीहरूप्रति सहयोगात्मक रबैया राख्‍ने?
नेपाल प्रहरीका डीआईजी हेमन्त पाल र सशस्त्र प्रहरीका डीआईजी दुर्गा कुवँरकै सामु दाहाललाई लक्षित गरी उनकै कार्यकर्ताले ढुंगा हाने। एमाओवादीसहितको गठबन्धनले मंगलबार आह्वान गरेको बन्दमा नयाँबानेश्वर, बिजुलीबजार क्षेत्रको कमान्ड पाल र कुँवरले समालेका थिए।

संविधानसभा बैठक स्थगितपछि नयाँबानेश्वरबाट पैदलै बिजुलीबजार क्षेत्रमा कार्यकर्तालाई सम्बोधन गर्न गएका पूर्वप्रधानमन्त्री दाहालले निषेधित क्षेत्रमा जाँदा सुरक्षाकर्मीको परामर्श लिन जरुरी ठानेनन्।

संविधानसभाबाट निस्किएका दाहाललाई उनका पीएसओले पछ्याइरहे पनि उनले परिस्थिति मूल्यांकन गर्न सकेनन्। बिजुलीबजार मूलसडकमा कार्यकर्तामाझ पुगेपछि भीडबाटै उनलाई लक्षित गर्दै ढुंगा प्रहार भयो। प्रहरीले ढाल बनेर दाहाललाई जोगाए। उनलाई जोगाउन खोज्दा एक सुरक्षाकर्मी घाइते भए।

‘पीएसओलाई भीभीआईपीको सुरक्षा कसरी गर्ने भन्ने विषयमा पूरै तालिम दिएको हुन्छ’, गृहका एक उच्च अधिकारीले भने, ‘दाहालका पीएसओले सुरक्षाको सामान्य सिद्धान्तसमेत अपनाउन सकेनन्।’

त्यस क्षेत्रमा खटिएको प्रहरीले पनि दाहाललाई रोकेन। प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले कुनै सुरक्षा चुनौतीका कारण मंगलबार दाहालमाथि आक्र मण नभएको बताए। उनले भने, ‘त्यो भीडबाट एक्कासि आएको प्रतिक्रिया थियो। यसलाई ठूलो रूपमा हेरिनु हुँदैन।’

पूर्वगृहसचिव गोविन्द कुसुमले भने दाहाल र सुरक्षाकर्मी दुवै पक्षले सुरक्षा संवेदनशीलता नअपनाएको जिकिर गरे, ‘दिनभरजसो तनावग्रस्त भएको ठाउँमा पूर्वप्रधानमन्त्रीसमेत रहेका विशिष्ट व्यक्तिलाई पठाउनु गलत थियो। राज्य र स्वयं दाहालले सजगता अपनाउनुपर्थ्‍यो। दाहाल पार्टी अध्यक्षमात्र होइनन्, पूर्वप्रधानमन्त्री पनि हुन्।’

अर्का पूर्वगृहसचिव नवीन घिमिरेले सुरक्षा अवस्था विश्लेषण गरेर मात्र भीआईपी र भीभीआईपीलाई त्यस्ता क्षेत्रमा पठाउनुपर्ने उल्लेख गरे। उनले भने, ‘सुरक्षाकर्मीको सुझाव नमानी दाहाल त्यहाँ गएका हुन् भने त्यो गलत हो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •