सुरज थापाले ल्याए ‘सुटुक्कै सुटुक्कै’

229
  •  
  •  
  •  

काठमाडौं । नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले आफ्नो दोश्रो म्युजिक भिडियो ल्याएका छन् ।

आफ्नै लिरिक्स र म्युजिक कम्पोजिसन रहेको ‘सुटुक्कै सुटुक्कै’ बोलको गीतको भिडियो समेत सुरज थापाले आफै‌ले निर्माण तथा निर्देशन गरेका हुन् ।

‘सुटुक्कै सुटुक्कै’ दिलचोरी लग्यो भन्ने गीत प्रेमिल गीत हो । गितमा निराजन प्रधान र रमा अर्याल र चन्द्र बहादुर थापा लगायतको अभिनय रहेको छ ।

यसमा आवाज दिएका छन् तारा थापा र बिबेक थापाले । गीत गोदावारी र कमलपोखरी सिटी सेन्टरमा छायाँकन गरिएको छ । सुरज थापाको यो दोश्रो निर्देशन हो ।


  •  
  •  
  •