जिउँदै जलाउने प्रयासप्रति कांग्रेसकाे निन्दा

491
  •  
  •  
  •  

काठमाडौं, १४ जेठ(ओएनएस) : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सुरक्षाकर्मीलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयास गरेको भन्दै निन्दा गरेको छ ।

चितवन भरतपुरमा गत शुक्रबार केही व्यक्तिले प्रहरी सहायक निरीक्षक(असई) कल्पना खड्कालाई जलाउने प्रयास गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङस्थित सडक बोर्डको कर संकलन केन्द्रमा कार्यरत असई खड्कालाई केही व्यवसायीले जलाउने प्रयास गरेका थिए ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका हुन् ।‘ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको अमानवीय घटनाप्रति ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘ उपचारत सुरक्षाकर्मी खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई कारबाहीलाई कारबाहीको माग गर्दछौ । साथै घाइते सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।’

सख्त घाइते असई खड्काको उपचार भइरहेको छ ।


  •  
  •  
  •