सर्वोच्चको अन्तरिम आदेशप्रति प्रधानमन्त्रीको यस्तो जवाफ

309
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति कडा टिप्पणी गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित एमाले–माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली राष्ट्रिय सभामा मनोनित तीन जना सदस्यहरुको मामिलामा सर्वोच्च अदालतले चासो दिएकोप्रति कडा टिप्पणी गर्दै आक्रमक रुपमा प्रस्तुत भए्।

प्रधानमन्त्रीले भने, ‘यो अदालतले इन्टरटेन गर्ने विषय नै होइन। राष्ट्रिय सभा सदस्यहरुको नियुक्ती राष्ट्रपतिले नेपालको संविधान अनुसार नै गर्नु भएको छ।’

प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सिफारिस गरिएका तीनजनाको नाम अघि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा तीनजनाको मनोनयन कसैले राक्ने नसक्ने बताए ।

ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ । संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालत, सडकदेखि संसदसम्म जन्ममितिको लफडा रहेको बताए । ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति, सांसदको जन्ममिति’ उनले अघि भने, ‘धन्न म एक म दिन मात्र जन्मिएको थिएँ, बचिएछ ।’

‘एकपल्ट जम्मा एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फरबरी २३ तारिख सन् १९५२ ।’

जेष्ठ सांसदको जन्ममिति विवादतर्फ संकेत गर्दै उनले भने, अब हेर्दा हेर्दै भाइले सपथ ग्रहण गराउने भए । कहाँ छ नेपाल ? यसले एउटा झलक देखाउँछ ।’

जेष्ठ सदस्यको हैसियतमा भोलि राजपा सांसद महेन्द्र राय यादवले सांसदहरुलाई सपथ खुवाउँदैछन् । उनको वास्तविक उमेर ६३ वर्ष हो तर, नागरिकतामा ८० वर्ष भएका कारण जेष्ठ सदस्य बनेका छन् ।

प्रधानमन्त्री ओलीले पाँच वर्षको अवधिलाई विकास वर्ष बनाउने घोषणा गरे । प्रधानमन्त्री ओलीले पाँच वर्षमा देशले विकास र समृद्धिले फड्को मार्ने बताए ।


  •  
  •  
  •