२४ घण्टाभित्र जाजरकोटरमा स्वास्थ्यकर्मीको टोली पठाउन सर्वाेच्चको आदेश

146
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख (ओएनएस) : सर्वाेच्च अदालतले महामारीग्रस्त क्षेत्र जाजरकोटमा २४ घण्टाभित्र उच्चस्तरीय स्वास्थ्यकर्मीको टोली पठाउन अन्तरिम आदेश दिएको छ ।

सर्वाेच्चले स्वास्थ्यकर्मीको टोलीको साथमा आवश्यक औषधिको व्यवस्थान गरी पठाउन भनेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले सिजनल फ्लूको कारण महामारी फैलिएपछि नियन्त्रणको लागि तत्काल कदम चाल्नको लागि प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई मंगलबार आदेश दिएको हो ।

सर्वोच्चले फ्लूका कारण मृत्यु भएका, मृतकका परिवार र आश्रितलाई उचित क्षतिपूर्ति दिनको लागि उच्चस्तरीय समिति गठन गर्न पनि आदेश दिएको छ । साथै महामारी नियन्त्रणको लागि भएको प्रयास बारेमा अनुगन गरी प्रतिवेदन अदालतलाई दिन पनि भनिएको छ ।

जाजरकोटमा विगत तीन सातादेखि फैलिएको फ्लूका कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने तीन गाँउका अधिकांश मानिस विरामी परेका छन् ।


  •  
  •  
  •