पाण्डेलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

105
  •  
  •  
  •  

imagesकाठमाडौं , २५ भदौ (ओएनएस) : उद्योग वाणिज्य महासंघका प्रदिपजंग पाण्डेलाइ तत्काल पक्राउ नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायधिश चोलेन्द्र शम्शेर जवराको एकल इजलासले पाण्डेलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश र कारण देखाउ आदेश दिएको हो । पाण्डेलाई भएको सजायको लगत कट्टा भइसकेको हो वा होइन यकिन नभएकोले थुनामा नराख्न आदेश दिएको हो ।

निवेदनको अन्तिम किनारा नलागेसम्म निवेदकलाई पक्राउ गर्ने तथा थुनामा राख्ने कार्य नगर्न भनी सर्वोच्च अदालतको नियमावली २०१४ बमोजिम विपक्ष्ीको नाममा अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ ।

उनीविरूद्ध भ्रष्टाचारको आरोप लागेको छ ।


  •  
  •  
  •