सुप्रिम डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबिच सम्झौता

431
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस): सुप्रिम डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनबीच बैंकमा मोवाइल तथा इन्टरनेट बैंकिङ सेवा सुरु गर्ने बारे सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेवन्तकुमार दाहाल र एफवान सफ्टका बजार तथा बिक्री निर्देशक विपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन एन्ड फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउनेछन् । साथै ग्राहकले रिचार्ज कार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिट कार्डको विल भुक्तानीलगायत सुविधा पनि मोवाइलमै सक्नेछन् । ग्राहकले इन्टरनेट बैंकिङमार्फत पनि वान टाइम पासवर्ड (ओपिटी) लगायत फन्ड ट्रान्सफर, रिचार्ज कार्ड खरिद सुविधा प्राप्त गर्नेछन् । बैंकले फोनपे नेटवर्कको सदस्यतापनि लिएको छ ।

अन्नपुर्ण विकास बैंक र सुर्यदर्शन फाइनान्स मर्ज भएर बनेको सुप्रिम डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । २०६१ सालदेखि सञ्चालनमा आएको बैंकले देशका बिभिन्न भेगमा रहेका १४ शाखामार्फत ४५ हजार ग्राहकलाई सेवादिँदै आएको छ ।

एफवान सफ्ट इन्टनेरशनले नेपाललगायत सिंगापुर, कम्बोडिया, भारत र बङ्गलादेशमा पनि आफ्नो सेवा दिइरहेको जानकारी दिएको छ ।


  •  
  •  
  •