काठमाडौं, १० भदौ (ओएनएस) न्याय परिषदले रिक्त रहेका पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा १६ जनालाई नियुक्त गर्न सिफारिस गरेको छ। मंगलवार बसेको परिषदको वैठकले १६ वटै पुनरावेदनमा रिक्त रहेको मुख्य न्यायाधीशमा उनिहरुको नाम सिफारिस गरेको हो।
सिफारिसमा परेका न्यायाधीशहरु
बलराम विष्ट, केदार प्रसाद चालिसे, दिप कुमार कार्की , तेजवहादुर केसी, पुरुषोत्तम भण्डारी, शम्भु वहादुर खड्का , गिरिराज पौडेल, सारदा प्रसाद घिमिरे, पोषनाथ शर्मा, मिरा खड्का, बमकुमार श्रेष्ठ, डम्वर वहादुर शाही, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, टंकवहादुर मोक्तान रहेका छन्।