गढीमाई मेलामा हुने पशुवलि व्यवस्थित गर्न सर्वोच्चको आदेश

263
  •  
  •  
  •  

supreme-court-nepalकाठमाडौं, १० मंसीर(ओएनएस) : सर्वोच्च अदालतले बारामा हुने बहुचर्चित गढीमाई मेलामाहुने पुशवलि व्यवस्थित गर्न आदेश दिएको छ ।
न्यायधिश गोविन्दकुमार उपाध्यायको एकल ईजलासले यस्तो आदेश दिएको हो । पशुपंक्षीको वलि विरुद्ध अदालतले पशुसेवा ऐन,पशु वधशाला तथा संक्रामक रोग ऐन,वातावरण संरक्षण ऐन समेतलाई मध्य नजर गर्दै गढीमाई मेलाको उचित व्यवस्थापन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

अधिवक्ता अर्जुनकुमार अर्याल र सरोज न्यौपाने ,सभासद राज्य लक्ष्मी गोल्छा लगायतले रिट दायर गरेका थिए ।
हरेक ५ बर्षमा हुने गढीमाई मेलामा लाखौ पशुपंक्षीलाई   क्रुरतापूर्व वलि दिईदै आएको छ । यसले वातावरणमा गम्भीर असर पार्ने , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमै देशकोे छवीमा समेत आँच आउने दावी समेत गरिएको थियो ।

गढीमाई मेलामा हुने पशुवलि विरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट पशु अधिकारवादीहरुले विरोध जनाएका छन् । त्यस्तै भारतको सर्वौच्च अदालतले समेत मेलामा भारतीय पशुहरुको नेपालतर्फ जथाभावी निर्यात गर्न रोक लगाएको छ ।


  •  
  •  
  •