काठमाडौ, १८ मंसिर (ओएनएस) : सर्वोच्च अदालतले जाडो मौसममा तराईमा चल्ने शीतलहरका कारण ज्यान गुमाउने नागरिकहरुको रक्षाका लागि उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
न्यायाधीश गिरीशचन्द्र लाल र चोलेन्द्र शम्शेर राणाको इजलाशले यस्तो आदेश दिएको हो । नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्ने जिम्मेवारी सरकारको भएकोले त्यसबाट बचाउन समयमै कदम चाल्नेप्रति ध्यानाकर्षण समेत गराएको छ ।
‘जलवायु परिवर्तनको प्रभावस्वरुप प्रत्येक बर्ष तराईमा शीतलहरको प्रभावले जनताहरुले कष्टकर जीवन विताइरहेका छन्’ फैसलामा उल्लेख छ । शीतलहरमा कारण ज्यान गुमाउनुपरेको तथ्यांकलाई गम्भीर रुपमा लिदै त्यसबाट जोगाउन तत्काल कदम नचाले विगतकै नियति हुने पनि फैसलामा भनिएको छ ।
गरिवीको रेखामुनी रहेका जनताहरु बढी प्रभावीत हुने भएकोले उनीहरुको जीवन रक्षा गर्न कम्वल,बासस्था निर्माण र अन्य आवश्यक सामग्री उपलब्ध गराउन निर्देशन दिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता माधवकुमार बस्नेतले सार्वजनिक सरेकारको मुद्दा दायर गरेका थिए ।