तराईमा स्थानीय तहको संख्या बढाउने बाटो खुल्यो

237
  •  
  •  
  •  

sarbochha adalat
काठमाडौं, २६ साउन (ओएनएस) : सर्बोच्च अदालतको नयाँ आदेशले अब तराईमा स्थानीय तहको संख्या बढाउने बाटो खुला गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले मधेसमा स्थानीय तहको संख्या बढाउन बाटो खोलिदिएको हो ।

सरकारले स्थानीय तहको संख्या बढाउन नपाउने भन्दै अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले सर्वोच्चमा दायर
गरेको रिट खारेज गरिएको छ ।

यसअघि यहि रिट अनुसार अदालतले तत्काल स्थानीय तहको संख्या नबढाउनू भन्ने आन्तरिक आदेश दिएको थियो ।रिट खारेजीसंगै अब मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुलेको छ ।

प्रचण्ड नेतृत्वको सरकारले तराई मधेसका जिल्लाहरुमा २३ वटा स्थानीय तह बढाउने, दुईवटा महानगरपालिका थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा अपग्रेड गर्ने निर्णय गरेको थियो । अब चुनाव हुन बाँकी दुई नम्बर प्रदेशका जिल्लाहरुमा मात्रै स्थानीय तहको संख्या बढ्नेछ।


  •  
  •  
  •