थप चारजनालाई एआइजीमा बढुवा गर्न सर्वोच्चको आदेश

113
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस)  :सर्वोच्च अदालतले थप चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्न आदेश दिएको छ ।

अदालतले यादव अधिकारी, विश्वराज शाही,परशुराम खत्री र सुशीलविर सिंहलाइ एआइजीमा बढुवा गर्ने आदेश दिएको हो ।

एआईजी बढुवामा विद्यमान ऐन, नियमविपरीत बरिष्ठलाई रोकेको भन्दै दायर रिटमा न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलाशले यस्तो आदेश दिएको हो ।

सरकारले भदौ पहिलो साता ७ जनाको दरबन्दीमा ९ जनालाई एआईजीमा बढुवा गरेको थियो । सर्वोच्चको आदेशसँगै एआईजीको संख्या १३ पुग्ने छ  ।

राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रसाद साउद, गणेश राई र नारायण वास्ताकोटीलाई सरकारले यसअघिनै एआईजी बढुवा गरेको थियो ।


  •  
  •  
  •