सर्वोच्च अदालतमा आजबाट नयाँ प्रधानन्यायाधीश

215
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) : सर्वोच्चका बरिष्ठतम न्यायाधिस रामकुमार प्रसाद साह आजदेखि प्रधानन्यायाधिसको कार्यभार सम्हाल्दै छन् । प्रधानन्यायाधिस दामोदरप्रसाद शर्माले उमेर हदका कारण  बिहीबारदेखि  अवकास पाएपछि उनले आजबाट कार्यभार सम्हाल्न लागेका हुन् ।

उनले आजै बिहान सपथ लिएका छन् । साहलाई बिहान ९ बजेपछि राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति डा रामबरण यादवले पद तथा गोपनियताको सपथ ग्रहण उनले आजै बिहान सपथ लिएका छन् । । सपथ ग्रहणपछि साह प्रधानन्यायाधिसको निवास बालुवाटारमा पुगेका थिए ।

बालुबाटरबाट फर्केपछि उनले सर्वोच्चमा पुगेर कार्यभार सम्हाल्ने सर्वोच्च अदालतले जनाएको छ । असोज १५ गते नै संसदिय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिसमा अनुमोदनका लागि सिफारिस गरेको थियो । साहले पनि उमेर हदबन्दीका कारण ९ महिना मात्रै कार्यभार सम्हाल्ने छन् ।


  •  
  •  
  •