सुपर मोडल केस मोस लण्डनको एक कार्यक्रममा अनौठो गेटअपमा प्रस्तुत भइन् । फरक अन्दाजमा ब्रिटिस मोडल केट त्यस अवसरमा देखिएकी थिइन् । ३९ वर्षीया केटले त्यसबेला आफ्नो शरीरमा एक पारदर्शी टिर्सट र एक लामो कोट मात्रै पहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यतिसम्म कि केटले अन्र्तवस्त्र समेत पहिरिएकी थिइनन् । केटको यो स्वरुपलाई त्यहाँ उपस्थित फोटोग्राफरले तुरुन्तै आफ्नो क्यामरामा कैद गरे र इन्टरनेटमा सार्वजनिक गरिदिए । त्यसपछि यी तस्वीरहरु इन्टरनेटमा छ्याप्छ्याप्ती भईसकेका छन् । यद्यपी केटले भने यस तस्वीरहरुमा देखिएकी महिला आफू नभएर आफू जस्तै देखिने अरु कोही महिला भएको दाबी गरेकी जनाइएको छ ।
एजेन्सीको सहयोगमा