सर्वोच्चद्वारा राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न आदेश

212
  •  
  •  
  •  

sarbochha adalat
काठमाडौं, २ भदौ (अाेएनएस) : बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ ।

अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

साथै बाढीपीडितलाई तत्काल राहत, उपचारको व्यवस्था गर्न पनि भनेको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिले राहतमा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।


  •  
  •  
  •