काठमाडौं उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल

179
  •  
  •  
  •  

काठमाडौं । सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले शुक्रबारदेखि ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए ।

 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण उत्पन्न परिस्थितमा उपभोक्ताहरुलाई सहजै उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

मन्त्री भट्टले नेपालमा ६ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न मौज्दात रहेको पनि सुनाए । यस्तै, ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि नुन तथा ३ महिनासम्मका लागि चिनी पनि मौज्दात रहेको मन्त्री भट्टको भनाइ थियो ।

उपभोक्ताहरुले आफूलाई आवश्यक पर्नेभन्दा धेरै वस्तुहरु मौज्दात राख्न खोजेका कारण बजारमा माग र आपूर्तिको सन्तुलन केही बिग्रिन पुगेको मन्त्री भट्टले बताए ।

पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या नरहेको मन्त्री भट्टले जानकारी दिए ।


  •  
  •  
  •