१६ क्विन्टल चाइनिज सुपारी प्रहरीद्धारा बरामद

391
  •  
  •  
  •  

supadiरौतहट, २९ चैत(ओएनएस) : नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार राती भारी मात्रामा चाईनिज सुपारी बरामद गरिएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीद्धारा भारतको सोनबरसास्थित भारत-नेपाल सिमा क्षेत्रबाट सो सुपारी बरामद गरिएको हो ।

नेपाली नम्बर प्लेट भएको ना २ च ६१४१ नम्बरको रातो रंगको गाडी भित्र २५ वटा बोरामा १६ क्विन्टल सुपारी लोड गरी भारत प्रवेश गर्न लागेको अवस्थामा घेराबन्दी गरी सुपारी बरामद गरिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जनाएको छ ।

एसएसबीले सुपारीका साथ तस्करीमा संग्लन गाडी र चालकलाई समेत नियन्त्रणमा लिएको छ । रौतहटको चपुर निवासी गाडी चालक चुडामणी न्यौपानेसँग सोधपुछको क्रममा सोही स्थान निवासी सुनिल कुमारको सुपारी रहेको र आफूले ज्यालादारीमा वीरगञ्जबाट लोड गरी भारतीय बजारमा पुर्याउन लागेको कुरा स्विकारेको एसएसबीका सहायक निरीक्षक मान सिंहले बताए ।

सोनबरसास्थित एसएसबी कैंपका सहायक कमांडेंट अमरजित सिंहको नेतृत्वको टोलीले नेपालस्थित सर्लाहीबाट भन्सार छली अवैध रूपमा भारतीय क्षेत्रमा ढुवानी हुन लागेको १६ क्विन्टल सुपारी बरामद गरी आवश्यक कारवाहीका लागी सितामढी कस्टम विभागलाई बुझाएका छन् ।

बरामद सुपारीको बजार मूल्य करिब ६ लाख ५० हजार रहेको एसएसबीका सहायक कमांडेंट सिंहले बताएका छन् । कुनै समय सुपारी तस्करीका लागी प्रख्यात रहेको रौतहटबाट प्रहरीको सक्रियता बढे पछि सुपारी तस्कर अहिले सर्लाहीका विभिन्न नाकालाई केन्द्र बनाएर व्यापक तस्करी जारी राखेका छन् भने रौतहटको गौर नाका सुपारी तस्करको लागी लक्ष्मण रेखा साबित हुन गएको छ ।


  •  
  •  
  •