गुड्दै गरेको बसको टायर पड्कदा भएको दुर्घटनामा २ को मृत्यु, २७ घाइते

348
  •  
  •  
  •  

श्रवण देउवा, धनगढी, १२ मंसिर (ओएनएस) : कैलालीको धनगढीदेखी कञ्चनपुरको महेन्द्रनगर जादै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना घाईते भएका छन् ।

म १ प ४१५ नम्बरका बस पुर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बाणीमा दुर्घटना भएको हो । बसको टायर पट्कदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुर दैजि गाविसका ३५ बर्षका सुरेश थापा र कञ्चनपुर देखतभुली गाविस–९ निवासी ४० बर्षीया भारती बिक हुन् । मृतक थापा बसका सहचालक समेत हुन् ।

दुर्घटनामा गम्भीर घाईते भएका सात जनालाई थपउपचारका लागि भारत रेफर गरिएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका डिएसपी दिलिपसिह भण्डारीले जानकारी दिनुभयो ।

Kailali 1 kaile 3 kailali 2


  •  
  •  
  •