संसदीय सुनुवाई समितिले उजुरीकर्तासँग छलफल गर्ने

109
  •  
  •  
  •  

काठमाडौ २८ असोज (ओएनएस) : संसदीय सुनुवाई विशेष समितिले राष्ट्रिय मानवअधिकार आयोगका लागि सिफारिस भएका पदाधिकारीमाथी उजुरी हाल्नेसँग छलफल गर्ने भएको छ । मंगलबार बसेको समिति बैठकले  उजुरीकर्तालाई छलफलका लागि बुधबार समितिमा बोलाउने निर्णय गरेको छ ।

संवैधानिक परिषद्ले सिफारिस गरेका अध्यक्षसहित ५ जनामध्य तीन जनाको नाममा उजुरी परेको छ । आयोगको अध्यक्षमा सिफारिस भएका अनुपराज शर्मा, प्रकाश वस्ती र सुदीप पाठकको नाममा उजुरी गरेको छ । मोहना अन्सारी र गोविन्द शर्मा पौडेलको नाममा भने कुनै उजुरी परेको छैन । शर्मा र वस्तीको नाममा दुईवटा र पाठकको नाममा एउटा उजुरी परेको छ ।

शर्मामाथी राजाको प्रत्यक्ष शासनकालमा साझा पसल सेवा सहकारी संस्थाको केन्द्रीय कार्यालयबाट १२ जनालाई निष्कासन गरेको र न्याया माग्न जादा ३४५ दिनमै रिट खारेज गरेको र फैसला त्रुटीपूर्ण रहेको उजुरी परेको छ । त्यस्सै शर्माको कार्यकालमा मानवअधिकार र संवैधानिक कानुनको संरक्षण नभएको उजुरी छ । प्रकाश वस्तीले फैसला गर्दा ८ लाख रुपैयाँ घुस लिएका र दरवारीय पृष्टपोशक रहेको आरोपसहितको उजुरी छ । सदीप पाठकमाथी भने लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका नखेलेको अरोप छ ।


  •  
  •  
  •