प्रमुख आयुक्त र सर्वोच्चका न्यायाधीशविरुद्ध परेका उजुरी सार्वजनिक गरिँदै

343
  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख(ओएनएस) : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशहरु विरुद्ध परेका उजुरी आज सार्वजनिक गरिँदैछ ।

फाइल तस्बिर

संसदीय सुनुवाइ समितिको दिउँसो सिंहदरबारमा बस्ने बैठकले उजुरीहरु सार्वजनिक गर्न लागेको हो ।
संसद सचिवालयका अनुसार प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा छवटा उजुरी दर्ता भएका छन् ।

त्यस्तै प्रस्तावित पाँच न्यायाधीश विरुद्ध पाँच बटा उजुरी परेका छन । तिमध्ये दुई उजुरी सैद्धान्तिक छन । त्यस्तै प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फुँयालविरुद्ध एक उजुरी दर्ता भएका छन् । सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माविरुद्ध उजुरी परेका छैनन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाविरुद्ध पनि उजुरी परेको छैन । उजुरी सार्वजनिक गरे लगत्तै समितिले अब उजुरीकर्तासँग प्रारम्भिक छलफल गर्नेछ । उजुरीकर्तासँगको छलफलपछि सम्बन्धित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ ।


  •  
  •  
  •