सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँच जनाविरुद्ध उजुरी आह्वान

364
  •  
  •  
  •  

काठमाडौं, २२ चैत(ओएनएस) : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।

फाइल तस्बिर

समितिले आउँदो वैशाख २ गतेभित्र प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डाक्टर मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायधिस पदमा रहन योग्य नभए उजुरी दिन आह्वान गरेको हो ।

समितिको फोन नम्बर ०१ ४२००२७७ मा फोन गरेर वा parl_hearingcommittee@parliament.gov.np मा इमेल गरेर उजुरी दिन सकिने छ ।

सूचना दिने व्यक्तिले आफ्नो नाम, थर र वतन खुलाउनुपर्नेछ । तर सूचना दिने व्यक्तिले नाम खुलाउन नचाहे नाम गोप्य राखिने समितिले जनाएको छ ।


  •  
  •  
  •