प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

445
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरिएको छ ।

फाइल तस्बिर

समितिको मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी आव्हान गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।

बहालवाला सचिवलाई नै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।

यस्तै समितिले महिला आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध पनि उजुरी आह्वान गरेको छ ।


  •  
  •  
  •