सुनसरीमा भिषण आगलागी, सवा तीन घण्टापछि आगो नियन्त्रणमा,६२ घरपरिवार घर विहिन

303
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : सुनसरीमा भिषण आगलागी हुँदा ६२ घरपरिवार जलेका छन् । बराह नगरपालिका – ११ बस्ने पुरण चौधरीको घरबाट सल्केको आगोले शनिबार राति ६२ घरपरिवार पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीकाे प्ररम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भई आगलागी भएको थियो ।

राति सवा ८ बजेतिर सल्केको आगोलाई साढे ११ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमारियाले बताए।

उनले भने,‘ आगलागी नियन्त्रणमा लिन विराटनगर, इटहरी, धरान, इनरुवा, झुम्काबाट दमकल बोलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा राति नै सवा तीन घण्टामा आगो नियन्त्रणमा लिएको हो।’
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


  •  
  •  
  •