सुनसरीमा प्रहरी र स्थानीयबीच झडप

54
  •  
  •  
  •  

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा भेटिएपछि आइतबार दिनभरी सुनसरीको इनरूवा तनाव ग्रस्त बनेको छ । थुनुवाका आफन्तहरूले प्रहरीबाटै सुनियोजित ढंगले हत्या भएको भन्दै इनरूवा बजारमा प्रदर्शन गरेका थिए । उनीहरूले जिल्ला प्रहरी कार्यालय परिषरमा तोडफोड समेत गरेका थिए ।

थुनुवाको मृत्यु पश्चात प्रहरी माथी खनिएका प्रदर्शनकारीहरूले पुर्व पश्चिम राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मुख्य राजमार्ग समेत अवस्द्ध् बनाएका थिए । उनीहरूले पिडित पक्षलाई क्षतिपुर्ति दिनुपृने, घटनाको सत्य तथ्य छानविन भइ दोषीमाथि कडा भन्दा कडा कारबाही नभएसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन् । प्रदर्शनकारी प्रहरीमाथी जाइलागेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपमा ५ प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले प्रहरी कार्यालय भित्रै ढुंगा मुढा गरेपछि भिडलाई शान्त पार्न प्रहरीले आधा दर्जन अश्रु ग्यास प्रहार गरेको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here