दसैंले सुनसान काठमाडौं

85
  •  
  •  
  •  

काठमाडौं, १७ असोज (ओएनएस) :

विभिन्न कामको सिलसिलामा काठमाडौ बस्नेहरु जिल्ला जिल्ला फर्किएपछि यतिबेल सुनसान बनेको छ । दसैमा आफन्त तथा मान्यजनसँग टिका थाप्नकै लागी करिब २५ लाख बढि नेपालीहरु जिल्ला जिल्ला पुगेका छन् ।
यातायात व्ववस्थाविभागको तथ्यांक अनुसार यो संख्या निकालिएपनि आफ्नै सवारी साधन लिएर जानेहरुको संख्यापनि करिब ५  लाख रहेको अनुमान गरिएको छ ।
काठमाडौमा सवारी साधान पनि नगन्य मात्रामा चलेका छन् । जसले गर्दा यहाँ रहेकाहरु आफन्त सँग टिका थाप्न जानकैलागि पनि हिँड्नुपर्ने बाध्यता रहेको छ । काठमाडौबाट सर्वसाधारणहरु बाहिर गएपनि सम्भावित चोरीका घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाँउ ठाँउमा प्रहरीको संक्रियता बढाइएको छ ।

  •  
  •  
  •