नीर शाह बिरामी पर्दा सन्नी रौनियारको मन थामिएन

157
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) :  पचासको दशकमा नेपाली समाजमा एउटा गीत चर्चित बन्यो । ‘गैरी खेतको शिरै हान्यो बर्षा यामको दरौदीले …..।

नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक सन्नी रौनियारले यहि गीत मार्फत कम्मर मर्काइन् । फिल्ममा उनी नीर शाहाको ‘पियारी’ बनिन् । दर्शकको प्रशंसाको पात्र बनिन् तर अनाशयमै फिल्मबाट टाढिइन् ।

sunny 2

नीर शाह प्रतिको आत्मीयताको गहिराइले सन्नीलाई काठमाडौं डोर्याएको छ । दार्जिलिङमा पारिवारिक जीवन बिताइरहेकी रौनियार शाह अस्वस्थ भएको खवर सुन्ने वित्तिकै उनलाई भेट्न गंगालाल अस्पताल पुगिन् ।

फोटो पत्रकार विकाश रौनियारका साथमा उनी हस्पिटल परिसर पुगेकी थिइन् । पारिवारीक रुपमै नजिक रहेकी सन्निले शाह पत्नि उषासँग लामो भलाकुसारी गरिन् । तर शाहलाई भेट्ने उनको इच्छा भने अधुरो भएको छ  ।

डाक्टरले कसैसँग भेट्ने अनुमति नदिदा झ्यालबाटै शिघ्र स्वास्थ्य लाभको कामना सहित हात हल्लाइन् । उनी शनिवार नै दार्जिलिङ फर्किने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •