काठमाडौ / माघ(एजेन्सी) : पोर्न चलचित्रबाट बिग बोस हुँदै बलिउडमा छिरेकी नायीका सन्नी लियोनी आफ्नै पतिसँग एउटा हट भिडियोमा देखिने भएकी छिन् । उनका पति ड्यानिअल वेबर पनि ग्ल्यामर उद्योगमा करिअर बनाउने तयारीमा देखीएका छन् ।
‘सय्योनी’पछि वेबरले एक अर्को गीतको म्युजिक भिडियो तयार गरेका छन् । ड्यानिअलको म्युजिक भिडियोमा उनकी पत्नी सनी लियोनीपनि उनको साथमा देखिने छिन् ।
सन्नी लियोनी र ड्यानिअल वेबरको भिडियोको कन्सेप्ट यति राम्रो लाग्यो की उनीहरु यही महिनानै उक्त भिडियोको शुटिङ गर्ने सोचमा छन् । ‘बिग बोस’ कन्टेस्टेन्ट समेत रहेका अली कुली मिर्जाले गीतमा आवाज दिएका छन् ।
यो भिडियोको थिमको बारेमा केही जानकारी नदिइएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । ड्यानिअल यसमा गितार बजाउँदै गरेको देखिनेछन् भने सन्नी लियोनी हट भूमिकाम देखिने छिन् ।
सनी र ड्यानिअलले आफ्नो करिअरको सुरूवात एक साथ एक एडल्ट चलचित्रमार्फत गरेका थिए । पछि दुवैले विवाह गरे र आफ्नो प्रोडक्सन हाउस समेत निर्माण गरे । अहिले ड्यानिअल बलिउड करिअरका बारेमा सोच्नुका साथै आफ्नो म्युजिक करिअरलाई पनि अगाडि बढाउँदै छन् ।
समाचाहरूमा जनाइअनुसार सन्नी लियोनी चर्चित भएपछि वेबरले पनि सन्नीको साथ लागेर आफ्नो करिअरमा अगाडि बढ्ने सोचेका हुन् । उक्त म्युजिक भिडियो वेबरको म्युजिकमा सन्नी बोल्ड लुकमा देखिने बताइएको छ ।