सनी लियोन र विनोद खन्ना बढी खोजिने सेलेब्रिटी

661
  •  
  •  
  •  

काठमाडौँ, बलिउड सेलेब्रिटीमा सनी लियोन र विनोद खन्ना यस वर्ष याहुबाट बढी खोजिएका कलाकारमा परेका छन् । सनी चर्चित अभिनेत्रीहरू दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्या राय बच्चन, क्याट्रिना कैफलगायतलाई पछि पार्दै खोजीको शीर्ष स्थानमा रहेकी छिन् । यो वर्ष उनको कुनै चर्चित फिल्म रिलिज नभए पनि उनी अरू अभिनेत्रीभन्दा बढी खोजिनेमा परिन् ।

यसैगरी, अभिनेता विनोद खन्नालाई मृत्युपछि बढी खोजिएको छ । पुरुष सेलेब्रिटीमा उनी याहुमा खोजिनेमा पहिलो नम्बरमा छन् । उनीपछि कपिल शर्मा दोस्रो नम्बरमा छन् । सलमान खान र रजनीकान्त कपिलभन्दा पछाडि धकेलिए ।
एजेन्सी


  •  
  •  
  •