सन्नी लियोनी सपना बिपनामा परिणत

220
  •  
  •  
  •  

sunny and akshay kumarसन्नी लियोनी चाँडै अक्षय कुमारको साथमा ठूलो पर्दामा देखिने भएकी छिन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू अनुसार नायीका सन्नी लियोनीले अक्षय कुमारको साथमा चलचित्र ‘सिंह इज ब्लिंग’का लागि सानो भूमिका निर्वाह गरेकी छिन् ।

गत महिना सन्नी लियोनी गोवामा आफ्नो रियालिटी शो ‘स्प्लिट्सभिला’को शुटिङमा व्यस्त थिइन् । यसक्रममा अक्षय कुमारको चलचित्र ‘सिंह इज ब्लिंग’को शुटिङ पनि गोवामा नै भइरहेको थियो । यसै क्रममा सन्नी लियोनीले अक्षयको चलचित्रमा सानो भूमिका गर्ने मौका पाइन् ।

सन्नीले गोवामा शुटिङका क्रममा एक ट्वीट पनि गरेकी थिइन् । उनले ट्वीट गरेर लेखेकी थिइन्, ‘आज मलाई त्यो काम गर्ने सौभाग्य मिलेको छ, जुन मैले सपनामा सोचेको थिए । यो नयाँ कामका लागि पहिलो कदम हो । राम्रो जीवन जिउँदै छु ।’

यस्तै सन्नी लियोनीले अहिलेसम्म कुनै पनि ठूला स्टारसँग काम गर्न पाएकी छैनन् र उनी अक्षय कुमारसँग यस चलचित्रमा देखिइन् भने सन्नीको चलचित्र करिअरको लागी निकै ठूलो कदम हुनेछ ।


  •  
  •  
  •