यस्ता पुरूषलाई राक्षस भन्छिन् सन्नी लियोनी

440
  •  
  •  
  •  

sunny-lionकाठमाडौ/ चैत(एजेन्सी) : पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेर बलिउडमा आफ्नो स्थान ओगट्न सफल भएकी नायीका सन्नी लियोनीले महिलाहरूलाई दुर्व्यवहार गरेर र उनीहरूको बेइजत गरेर एक पुरूष ‘कूल’ नभई राक्षस बन्ने बताएकी छिन् । सनीले भनेकी छिन्, ‘म भारतकी होइन, म कहिल्यै पनि यस्तो संस्कृतिमा रहेको छैन्, जसमा स्वतन्त्रको आभास हुनु सामान्य हो ।’

उनले पुरूषहरूलाई समेत सल्लाह दिएकी छिन् । उनले भनेकी छिन्, ‘म यति भन्न चाहन्छु की यदी तपाई पुरूष हुनुहुन्छ जसले महिलाको स्वतन्त्रतालाई अवरोध गरिरहेनु भएको छ । त्यो ठिक होइन्, चाहे ती पुरूष सामान्य गाऊँका हुन् या ठूलो शहरका हुन् ।’

सनीले यस्ता हर्कतले कुनै पनि पुरूष ‘कुल’ नभई राक्षस बन्ने बताएकी छिन् । उनका अनुसार गलत भइरहेको देख्दादेख्दै पनि आँखा घुमाएर हिड्नु र चुपचाप रहनु पनि एक अपराध नै हो ।

सनीले भनिन्, ‘म पुरूषहरूलाई बन्न चाहन्छु की गलत भइरहेको देखेपछि विरोध गर्नुस् । चुपचाप बस्नु अपराध हो । तपाईहरूले युवतीहरूलाई समान स्वतन्त्र दिलाउनका लागि केही बोल्नुस् त उनीहरूको मद्धत गर्नुस् । यदी तपाईको मनमा उनीहरूका लागी इज्जत छ भने उनीहरूको पक्षमा आवाज उठाउनुस् ।’


  •  
  •  
  •