बलिउडले मलाई अझै स्विकार गरेनः सन्नी लियोनी

175
  •  
  •  
  •  

sunny-lionकाठमाडौ/ माघ : पोर्न चलचित्रबाट बिग बोस हुँदै बलिउडमा कदम राख्दै बलिउडमा आफ्नो स्थान राख्न सफल भएकी नायीका सन्नी लियोनीले आफू एक्लै भएको अनुभव गरेकी छिन् । उनले आफूलाई अझै पनि बलिउडले स्विकार नगरेको कारण आफूलाई एक्लो महसुस गर्ने गरेको बताएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक भारतीय अनलाइन न्युज पोर्टलसँगको कुराकानीका क्रममा उनले भनेकी छिन्, ‘म बलिउडमा आफूलाई नयाँ र नौलो भएको महसुस गर्छु । तर, चलचित्र प्रशंसकहरूले मलाई स्विकार गरेका छन् । मेरा समर्थक मेरो साथमा छन् । यसै कारण खुशी छु ।’

सन्नी लियोनीले बलिउडमा आफू पोख्त भइसकेको बताएकी छिन् । उनी भन्छिन्, ‘म कडा मेहेनत गर्न चाहन्छु । म एक राम्रो कलाकार बन्न चाहन्छु । एक दिन आउनेछ, जब बलिउडले पनि मलाई स्विकार गर्नेछ ।’

उनले गत वर्ष उनको चलचित्र ‘रागिनी एमएमएस-२’ को सफलताले के देखाइदिएको छ भने एक नायीका पनि आफ्नो काँधमा कुनै चलचित्रलाई उठाउन सक्छन् ।


  •  
  •  
  •