अभिनेता खानविरुद्ध सन्नी लियोनको प्रहरीमा उजुरी

226
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख (ओएनएस) : सन्नी लियोनले अभिनेता कमाल आर खानविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । खानले हालै गरेको एक ट्वीटले आफ्नो बेइजत भएको भन्दै सन्नी प्रहरी कहाँ पुगेकी हुन् ।
कांग्रेस नेता दिग्विजय सिंहको एक टीभी एङ्करसँग सम्बन्ध रहेको भन्ने समाचार आएपछि अभिनेता खानले सन्नीलाई जोडेर एक ट्विट लेखेका थिए । खानले दिग्विजय सिंहको विवाहमा सन्नी लियोनलाई उत्तेजक नृत्य (स्ट्रिप शो) का लागि बोलाईए आफूले कांग्रेसलाई एक करोड रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।
यसट्विटबाट निराश भएकी सन्नीले प्रहरी समक्ष उजुरी दर्ता गरेकी हुन् । अभिनेता खान यसअघि पनि सन्नीकै कारण विवादमा आएका थिए ।

  •  
  •  
  •