सन्नीका फ्यानविरुद्ध मुद्दा !

232
  •  
  •  
  •  

sunney
मुम्बई, ४ भदौ (एजेन्सी) : बलिउड अभिनेत्री सन्नी लियोनका समर्थकहरुलाई नै भारतको कोच्चिमा मुद्दा लगाइएको छ ।

हालै कोच्चिमा सन्नीलाई हेर्न लागेको भीडले सवारी आवागमन बन्द हुनुका साथै अवरोध सृउजना गरको भन्दै स्थानीय प्रहरीले केही समर्थकहरु विरुद्ध मुद्दा दायर गरेको हो । एक स्टोर उद्घाटनका लागि सन्नी लियोन वत्यहाँ पुग्दा उनका समर्थकले सडक जाम बनाएका थिए ।

यस्तै पुलिसले उक्त उद्घाटन भएको मोबाइल स्टोरका मालिकलाई समेत सडकमा बाधा पुर्याएको भन्दै मुद्दा दर्ता गरेको छ । एयरपोर्टबाट कार्यक्रम स्थल पुग्नुभन्दा पहिले नै सन्नी लियोनका प्रशंसकले उनको गाडीलाई यसरी घेरेका थिए ।

आफ्ना समर्थक देखेर सन्नीले भने खुशी साँटेकी थिइन् । उनले ट्वीटरमा एक तस्बिर सेयर गर्दै आफ्नो कार वास्तविक रुपमा प्रेमको समुन्द्रको बिचमा रहेको भनेर शेयर गरेकी थिइन् ।


  •  
  •  
  •