सिन्धुपाल्चोक, २६ साउन (ओएनएस) : सुनकोसी पहिरो पीडितका नाममा जथाभावी रकम असुल्ने क्रम बढेपछि सिन्धुपाल्चोक प्रशासनले आर्थिक संकलन गरी सोझै बितरण गर्न आजदेखि रोक लगाएको छ ।
पहिरो पीडितको लागि भन्दै मनपरि रकम असुल्ने गिरोह सक्रिए भएपछि राहतको दूरुपयोग हुन नदिन र एकद्वार प्रणलीमार्फत बितरण गर्न प्रशासनले सोझै जसलाई मनलाग्यो उसैले सोझै रकम बितरण गर्न रोक लगाएको हो । पहिरो पीडितहरुलाई आर्थिक सहयोग गर्न चाहने ब्यक्ति , समूह,र संसस्थाहरुले जिल्ला दैबि प्रकोप उद्धार राहत कोषको खाता नम्वर ०५७०००६४०५०१ मा जम्मा गर्न वा चेकमार्फत आर्थिक सहयोग गर्न सकिने ब्यवस्था मिलाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए ।
वास्तविक पीडितले अझै राहत पाउन नसकेको र नक्कली पीडितहरुले राहत धमाधम लिइरहेको गुनासो बढेपछि तीन बर्गमा बिभाजन गरी राहत परिचयपत्र बितरण गरेको र त्यसैका आधारमा राहत प्योकजसहितका खाद्यान्न, लत्ताकपडासँगै भाँडावर्तन बितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।