काठमाडौं, १७ साउन (ओएनएस) : सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा थुनिएको सुनकोसी नदीलाई खुलाउने प्रयास हालसम्म सफल भएको छैन । बिहान ३ बजेबाट अहिले १ बजेसम्म नदी थुनिएको छ । नदी थुनिँदा सो स्थानमा भिमकाय ताल बनेको छ । सेनाले विस्फोट गराएर नदी खोल्ने प्रयास गरे पनि त्यो सम्भव भएको छैन ।
पहिरोले ठूल्ठूला चट्टान बगाएर ल्याएका कारण विस्फोट गराउन संभव नभएको हो । विस्फोट गरी नदी खोल्न नेपाली सेनाले प्रयास गरेको थियो । चट्टानयुक्त पहाड खसेको भए पनि हिलोमाटो, बालुवा र गेगरका कारण विष्फोट गराउने कार्य असफल भएको जनाइएको छ । सेनाले विस्फोट गराउने काम असफल भएपछि कमजोर माटो रहेको दक्षिणतिर पानीको फोहोराले हानेर निकास निकाल्ने प्रयत्न गरिएको थियो ।
तर, त्यो विकलप पनि असफल भएको छ । नदी खुलाउने प्रयास असफल भएपछि अहिले नेपाली सेनाको हेलिकोप्टर फिर्ता भएको छ । विस्तृत प्राविधिक अध्यायन नगरी नदी खुलाउन नसकिने जनाइएको छ । तत्काल नदी खुलाउन सकिने अवस्था न्युन रहेको जनाइएको छ । पुरै पहाड आएर नदी थुनेको छ ।
सुनकोसी नदी किनारमा पर्ने सबै बस्ती उच्च खोजिममा परेको भन्दै सब्धन्धित जिल्ला प्रशासन कार्यलयले सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । अहिले सप्तकोसीसम्मेै उच्च सुरक्षा अपनाइएको छ । बेलैमा पहिरो नहटाए परिणाम अकल्पनीय हुनेछ ।
Comments are closed.