पानी बग्न थालेपछि सर्वसाधारण खुसी

291
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस)  : सिन्धुपाल्चोकको जुरेमा पहिरो गएका कारण थुनिएको सुनकोसी नदीमा पानी भरिएर पहिलोमाथिबाट बग्न थालेपछि सर्वसाधारणमा खुसियाली छाएको छ । विहान २ बजेदेखि थुनिएको सुनकोसीको पानी भरिएर पहिरोमाथिबाट बग्न थालेपछि पानी खोलिनसक्ने र थप पानी नजम्ने भन्दै सर्वसाधारण खुसी व्यक्त गरेका छन् ।

पहिरोको उत्तरपट्टिको क्षेत्रबाट सानो पानीको वहाव बग्न थालेको छ भने नेपाली सेनालेसमेत बम बिष्फोट गराएर पानी बनाउने प्रयास जारी राखेको छ । पहिरोले चट्टानयुक्त माटो बालुवा र गेगर बलाएर ल्याएका कारण पहिरो क्रमश बग्दै गएको छ । पानी बग्न थालेपनि नेपाली सेनाले बम विष्फोट गराएर थप पानी बनाउने प्रयास जारी राखेको छ । पानी बग्न थालेपनि उद्दारका लागि गएका सेना, प्रहरी र सशस्त्र प्रहरी पछि हटेका छन् ।


  •  
  •  
  •